होमपेज > नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न

बिज्ञापन

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन काठमाडौंंमा सम्पन्न भएको छ ।

वैशाख १७ / १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । नयाँ केन्द्रीय समितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र सदस्यहरुमा क्रमशः सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् ।

अधिनवेशनको उद्घाटन समारोह नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्रांगणमा नेपाल राष्ट्र बैंककै कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरि अधिवेशनको बन्द सत्र वैशाख १८ गते बैंकको थापाथली कार्यालयको हलमा सम्पन्न भएको थियो ।

“वैचारिक स्पष्टता र सांगठनिक सुदृढता सहितको गतिशील ट्रेड यूनियन, हाम्रो पहिचान । सबल,सक्षम र स्वायत्त केन्द्रीय बैंक निर्माण, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न महाधिवेशन महाधिवेशन पूर्व विराटनगरदेखि पश्चिम धनगढीसम्मका प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?