होमपेज > कृषि विकास बैंकले गर्‍यो कीर्तिपुर नगरपालिकालाई सेवा प्रवाहका लागि सहयोग

कृषि विकास बैंकले गर्‍यो कीर्तिपुर नगरपालिकालाई सेवा प्रवाहका लागि सहयोग

बिज्ञापन

कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग स्वरूप हस्तान्तरण गरेको छ। असोज २४ गतेको विपत्तिपछि सेवा सुचारु गर्न संघर्षरत नगरपालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। बुधबार एक विशेष कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई औपचारिक रूपमा उपकरणहरू हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वागमती प्रदेशका निर्देशक चन्द्र सिंह थापा, किर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ, साथै कीर्तिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकलाल गैरे लगायत विभिन्न कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख डंगोलले सहयोगप्रति आभार प्रकट गर्दै सो उपकरणले नगरपालिका कार्यालयको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे। यसअघि पनि कृषि विकास बैंक लिमिटेडले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको थियो। यस प्रकारका निरन्तर सहयोगहरूले सार्वजनिक संस्थाहरूको पुनःस्थापना तथा सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?