होमपेज > धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिज्ञापन

धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए। गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताए।

मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छिन्। मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  2. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  3. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  4. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  5. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  6. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  7. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  8. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  9. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  10. १० माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  11. ११ सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  12. १२ निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  13. १३ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  14. १४ आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  15. १५ लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो