प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेटलगायत विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।

