होमपेज > बढ्यो एनएमबि लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति?

बढ्यो एनएमबि लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति?

बिज्ञापन

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

संस्थाले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । लघुवित्त गत आर्थिक वर्षमा भने नाफामा पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशत बढेर ४३ करोड ५५ लाख रूपैयाँ पुगेको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशत बढेर ५ करोड ८८ लाख र कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशत बढेर ४९ करोड ४३ लाख पुगेको छ।

अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तले ३ करोड ५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेका कारण सञ्चालन मुनाफा र खुद नाफा धनात्मक भएको हो। लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेर ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?