होमपेज > सरकारको ७ महिनामा आम्दानी ८२.२६ प्रतिशतमात्र

सरकारको ७ महिनामा आम्दानी ८२.२६ प्रतिशतमात्र

बिज्ञापन

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ । सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । संकलन भने ६ खर्ब ६९ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ८२.२६ प्रतिशत हो । गत आव सोही अवधिको तुलनामा राजस्व संकलन २.८३ प्रतिशतले बढेको छ । २०८१/८२ माघ मसान्तसम्म ६ खर्ब ५० अर्ब राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

अर्थ मन्त्रालयका अनुसार राजस्वका मुख्य स्रोतमै लक्ष्य अनुसार संकलन हुन सकेन । जसको असर समग्र राजस्वमा स्पष्ट देखिएको छ । यस वर्ष माघ मसान्तसम्म १ खर्ब ७० अर्ब ५० करोड भन्सार महसुल उठाउने लक्ष्य थियो । संकलन १ खर्ब ३५ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ७९.३७ प्रतिशतमात्र हो । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको ९०.४४ प्रतिशत उठेको छ ।

माघसम्म २ खर्ब १७ अर्ब बराबर भ्याट कर उठाउने लक्ष्य थियो । संकलन १ खर्ब ९६ अर्ब ४४ करोड बराबर भएको छ । अन्तस्शुल्क लक्ष्यको ९०.९० प्रतिशत उठेको छ । माघ मसान्तसम्म १ खर्ब १५ अर्ब अन्तस्शुल्क उठाउने लक्ष्य रहेकोमा १ खर्ब ५ अर्बमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै आयकर भने ७२.१० प्रतिशतमात्र उठेको छ । आयकर २ खर्ब २० अर्ब संकलन लक्ष्य थियो । संकलन भने १ खर्ब ५८ अर्ब ६६ करोडमात्र भएको तथ्यांक छ ।विभागीय रूपमा हेर्दा पनि राजस्व संकलन गर्ने निकाय कुनैले पनि आफ्नो लक्ष्य भेट्न सकेनन् । भन्सार विभागले माघ मसान्तसम्म लक्ष्यको ८३.८४ प्रतिशत राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागले ८१.३६ प्रतिशत उठाउन सकेको देखिएको छ ।

यस वर्ष आयकर गत आवको तुलनामा ०.८१ प्रतिशतले गिरावट आएको छ । अन्तस्शुल्क १०.८८ प्रतिशतले बढेको छ । भ्याट कर ७.५८ प्रतिशतले बढेको पाइएको छ । भन्सार महसुल समेत ७.५३ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो