होमपेज > सानिगाड हाइड्रोको आइपिओ बाँडफाँड, कतिले पाए शेयर?

सानिगाड हाइड्रोको आइपिओ बाँडफाँड, कतिले पाए शेयर?

बिज्ञापन

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ । लक्की ड्र प्रणालीमार्फत ४ लाख ६७ हजार ४ सय ४०० आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । कम्पनीले जेठ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता सेयर आइपिओ निष्काशन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत (२८ लाख ५० हजार कित्ता) परियोजना प्रभावित बझाङका स्थानीयका लागि र २० प्रतिशत (५७ लाख कित्ता) सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको थियो । त्यस्तै ३ प्रतिशत (१ लाख ७१ हजार कित्ता) कर्मचारी र ५ प्रतिशत (२ लाख ८५ हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

बाँकी ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो, जसको बाँडफाँट आज सम्पन्न भएको हो । आइपिओका लागि कुल २७ लाख २७ हजार ५१५ वैध आवेदनमार्फत २ करोड ९७ लाख ५० हजार २१० कित्ता माग परेको थियो । त्यस्तै २७ हजार ७२९ आवेदन अस्वीकृत भएका थिए । आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  2. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  3. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  4. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  5. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  6. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  7. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  8. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  10. १० गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  11. ११ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  12. १२ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  13. १३ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  14. १४ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  15. १५ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु