होमपेज > कैलाली टेम्पो प्रकरण : सात दिनभित्र प्रतिवेदन दिन छानबिन समिति गठन

कैलाली टेम्पो प्रकरण : सात दिनभित्र प्रतिवेदन दिन छानबिन समिति गठन

बिज्ञापन

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका उपसचिव भरतप्रसाद पाठकले जानकारी दिए ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव पाठकले जानकारी दिए । मन्त्री ज्यु सहित बसेको बैठकले सात दिन भित्र प्रतिवेदन पेश गर्ने गरेर समिति गठन गरेका छौ पाठकले भने–‘समितिले सात दिन भित्र प्रतिवेदन बुझाउछ,त्यसपछि अन्य प्रक्रिया अगाढी बढ्छ ।’ समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीहरूले एउटा टेम्पोलाई भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरीएको थियो । मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको भन्दै निष्पक्ष छानबिनपछि जिम्मेवार ठहरिने व्यक्तिमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने जनाएको छ । वन कार्यालयका प्रमुख सहित १९ जना कर्मचारीहरुले भने पुरानो ट्याम्पो सडक छेउमा राख्नते क्रममा जमिन भिराले भएको भन्दै आफुहरुको बचाउमा प्रेस विज्ञप्ति निकालेका थिए । घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  2. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  3. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  4. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  5. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  6. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  7. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  8. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  9. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  10. १० नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  11. ११ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  12. १२ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  13. १३ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  14. १४ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  15. १५ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न