नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर तोलाको ५०१५ मा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

