होमपेज > सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच सम्झौता, बैंकका ग्राहकहरूलाई विशेष छुट दिने

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच सम्झौता, बैंकका ग्राहकहरूलाई विशेष छुट दिने

बिज्ञापन

सिटिजन्स बैंक इन्टरनशनल लिमिटेड र दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेड मार्फत विभिन्न अन्र्तराष्ट्रिय भ्रमण प्याकेजहरु लिँदा १०,००० रुपैयाँसम्मको छुट पाउनेछन् । यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर÷ट्राभल्स कार्ड बनाउन आउने ग्राहकहरूलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  2. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  3. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  4. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  5. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  6. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  7. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  8. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  10. १० गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  11. ११ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  12. १२ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  13. १३ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  14. १४ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  15. १५ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु