होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आइतबारको राशिफल!

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आइतबारको राशिफल!

बिज्ञापन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। अध्यात्मतिर झुकाव अलि बढी रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गराउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागेपनि अरुको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउँदा परिवारजनहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापारमा लगानी बढाउनुपर्ने स्थिति निर्माण हुनेछ। कार्यक्षेत्रमा अपरिचित व्यक्तिको विश्वास गर्दा धोखा पाइनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। सोचे जस्तो नतिजा तत्काल प्राप्त नहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको सन्दर्भमा विशिष्ट जनहरूको साथ मिल्नेछ। दिगो कामको जग बसाउने अबसर मिल्नेछ। तारिफ योग्य कामले अरुको उपकार गर्न सकिनेछ। आय आर्जन राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथी भाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आगन्तुकहरूले अल्मल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विगतमा गरेको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। जनसमर्थन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गहरूको साथ र सहयोग मिल्नेछ। चिकित्सा वा शिक्षाको क्षेत्रमा नयाँ चुनौती मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो