होमपेज > रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न

बिज्ञापन

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो। सो निष्कासनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमा सबै आवेदनहरु स्वीकृत भएकाछन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। आईपीओमा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ४६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?