होमपेज > नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने

नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने

बिज्ञापन

नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालि. ले निसानको नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन (Nissan TEKTON)’ नेपाली बजारमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी भदौ २७ देखि ३२ गते (अगस्ट ११–१६, २०२६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA Mobility Expo 2026 मार्फत टेकटनलाई नेपाली उपभोक्तामाझ पहिलोपटक प्रस्तुत गर्न लागेको हो।

विश्व बजारमा जुलाई ९, २०२६ मा सार्वजनिक गरिएको टेकटन निसानको पछिल्लो प्रिमियम एसयूभी हो। कम्पनीका अनुसार आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा र शक्तिशाली कार्यसम्पादनलाई एकैसाथ समेटेर यो मोडल विकास गरिएको हो।

प्याट्रोलबाट प्रेरित डिजाइन

निसानको ७५ वर्षभन्दा लामो एसयूभी विरासतलाई निरन्तरता दिने टेकटनको डिजाइन प्रतिष्ठित निसान प्याट्रोलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। मस्कुलर बडी, आकर्षक बडी लाइन, ‘सी’ आकारका एलईडी हेडल्याम्प र दमदार रोड प्रेजेन्स यसको प्रमुख विशेषता हुन्।

१०० प्रतिशत टर्बोचार्ज्ड इन्जिन

टेकटनमा टर्बो टी१६० पावरट्रेन प्रयोग गरिएको छ, जसले उच्च शक्ति, द्रुत एक्सेलेरेशन र इन्धनको राम्रो दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ। भित्री भागमा फराकिलो केबिन, ठूलो बुट स्पेस तथा लामो यात्रालाई सहज बनाउने विभिन्न सुविधा समावेश गरिएको छ। साथै, Google Built-in प्रविधिमार्फत Google Maps र Google Assistant जस्ता स्मार्ट कनेक्टिभिटी सुविधा पनि उपलब्ध हुनेछ।

एडाससहित उन्नत सुरक्षा प्रणाली

सुरक्षाका लागि टेकटनमा ६ वटा एयरब्याग, उच्च क्षमताको स्टिल बडी स्ट्रक्चर तथा Advanced Driver Assistance Systems (ADAS) समावेश गरिएको छ। यसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ तथा ३६० डिग्री क्यामेरा प्रणाली जस्ता आधुनिक सुरक्षा सुविधा उपलब्ध छन्।

एक्स्पोमा प्रत्यक्ष अवलोकनको अवसर

NAIMA Mobility Expo 2026 मा सहभागी हुने आगन्तुकहरूले निसानको स्टलमा पुगेर टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको विशेषताबारे जानकारी लिन तथा कम्पनीका उत्पादन विशेषज्ञसँग अन्तरक्रिया गर्न सक्नेछन्।

पायोनियर मोटोकर्पले देशभर फैलिएको आफ्नो बिक्री तथा सेवा सञ्जालमार्फत टेकटनका ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  2. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  3. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  4. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  5. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  6. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  7. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  8. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  9. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  10. १० मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  11. ११ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  12. १२ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  13. १३ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  14. १४ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  15. १५ तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल