काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले उक्त आचारसंहिता पारित गरेको हो।
नयाँ आचारसंहिताअनुसार अब निर्वाचित दल वा उम्मेदवारले हरेक वर्ष आफ्नो घोषणाापत्रअनुसारको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। यस प्रावधानले निर्वाचनपछि जनतासामु प्रतिबद्धता पूरा भए–नभएको मूल्याङ्कन गर्ने आधार प्रदान गर्ने आयोगको विश्वास छ।
आयोगले जनाएको छ कि आचारसंहिता लागू भएसँगै दल र उम्मेदवारको जवाफदेहिता बढ्नेछ भने निर्वाचन प्रणालीलाई थप पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्नेछ।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका क्रममा कुनै उल्लङ्घन भए कारबाही प्रक्रिया पनि कडाइका साथ अघि बढाइने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस