२०८३, आश्विन ९ गते

संसदीय समितिका सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ (फोटो फिचर)

शुक्रवार , बैशाख ४, २०८३

संघीय संसद्अन्तर्गत संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज निर्वाचित समितिका सभापतिहरुलाई सभामुख डिपी अर्यालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।     जसमा कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ । त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारी निर्वाचित भएका छन् ।     त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्वाचित भयेअका छन् । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा।ओजस्वी शेरचन र संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की विजयी भएका छन्    

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!