२०८३, श्रावण २३ गते

उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा

मंगलवार , श्रावण १२, २०८३

जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बिमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार साउन १२ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई बिमा कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशपछि गोल्छाले दुवै कसुरबापत कुल १ करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएर मंगलबार नै रिहा भएका छन्। गोल्छाविरुद्ध गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। गोल्छा समूहका अध्यक्षसमेत रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानपछि गोल्छाविरुद्ध बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!