२०८३, भाद्र ५ गते

images

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

बुधवार , भाद्र ३, २०८३

एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेन नगरपालिका–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। बैंकले भाद्र १ गतेदेखि उक्त काउण्टरमार्फत सेवा सुरु गरेको हो। नयाँ काउण्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउण्टरको संख्या ५ पुगेको छ।

तानसेन–७ क्षेत्रमा बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त काउण्टरबाट स्थानीय बासिन्दाले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमै बैंकिङ सेवा उपलब्ध भएपछि अस्पतालमा आउने सेवाग्राही, कर्मचारी तथा आसपासका स्थानीय बासिन्दालाई समेत दैनिक बैंकिङ कारोबारमा थप सहजता हुने अपेक्षा गरिएको छ।

एभरेष्ट बैंकले आफ्ना ग्राहक तथा सेवाग्राहीलाई समयानुकूल र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!