नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
गत चैतदेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त थियो। लामो समयदेखि पद रिक्त रहँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन तथा नीतिगत निर्णय प्रक्रियामा समेत असर परेको थियो।
रावलको नियुक्तिसँगै लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदपूर्ति भएको छ।
प्रतिक्रिया दिनुहोस