नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (भदौ ४ गते) छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको हो।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको मूल्यसँग तुलना गर्दा सुनको भाउ एकैदिन ९ हजार ३०० रुपैयाँले बढेको हो।
यससँगै नेपाली बजारमा एक तोला सुन खरिद गर्न उपभोक्ताले ३ लाख १३ हजार ४०० रुपैयाँ खर्च गर्नुपर्ने भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ।
बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको वृद्धिसँगै चाँदीको मूल्य पनि नयाँ उचाइतर्फ बढेको छ।
प्रतिक्रिया दिनुहोस