मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार साँझ मध्यपुर थिमि नगरपालिका–कमेरोटारस्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।
प्रहरीले के विषयमा खानतलासी गरेको हो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन। पछिल्लो समय प्रसाईं लघुवित्त पीडितहरूको आन्दोलनमा सक्रिय छन्। शान्तिसुरक्षामा बाधा पुर्याएको आरोपमा उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका छन्।
प्रहरीको खानतलासीसँगै प्रसाईंमाथिको अनुसन्धान र पछिल्लो गतिविधिबारे थप चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस