२०८३, भाद्र ५ गते

images

एक्सट्रिम पीएमएनसी नेपाल फाइनल भदौ ६ र ७ गते हुँदै, अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर

बिहिवार , भाद्र ४, २०८३

युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फाइनल’ आयोजना गर्ने भएको छ।

प्रतियोगिता भदौ ६ र ७ गते दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवर्द्धन गरेको छ। ‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको यस प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित र सशक्त बनाउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसर पाउने आयोजकको विश्वास छ। पीएमएनसी नेपाल फाइनलको ग्रान्ड फाइनल नेपाली ई–स्पोर्ट्सप्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबीच कडा प्रतिस्पर्धा हुनेसँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ।

एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।

नेपालमा ई–स्पोर्ट्सप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला आयोजना हुन लागेको यस प्रतियोगिताले प्रतिस्पर्धात्मक गेमिङ क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बाटो निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!