२०८३, भाद्र १० गते

images

सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत प्रतिफल दिने

सोमवार , भाद्र ८, २०८३

सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीलाई ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। भदौ ५ गते बसेको फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनका लागि फण्डले भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्।

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सानिमा ग्रोथ फण्ड सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!