२०८३, आश्विन ९ गते

आजको सेयर बजार: नेप्से ४.६६ अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब नजिक

बिहिवार , भाद्र १८, २०८३

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा १ करोड २१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.७६ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य ८.५ प्रतिशतभन्दा बढी र आशा लघुवित्त वित्तीय संस्थाको करिब ८.५ प्रतिशतले बढेको छ। यस दिन पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङ शीर्ष कारोबारमा

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ९० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

९ उपसमूह बढे

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले बढेको छ। व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता वित्त, जलविद्युत्, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!