विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विन नेपाल लघुवित्तलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया सम्पन्न भएपछि यसको सेयर कारोबार रोक्का गरिएको हो।
प्राप्ति प्रक्रिया पूरा भएसँगै आज (भदौ २१ गते)देखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ।
नेप्सेका अनुसार धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको हो।
यससँगै विन नेपाल लघुवित्तको छुट्टै नामबाट हुँदै आएको कारोबार अन्त्य भई एकीकृत संस्थाको नामबाट कारोबार सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस