२०८३, आश्विन ९ गते

अर्थमन्त्री स्वर्णिम वाग्ले भारत जाँदै, पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल हुने

सोमवार , भाद्र २९, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्न उनी दुईदिने भारत भ्रमणमा जान लागेका हुन्।

अर्थमन्त्री वाग्लेले असोज २ र ३ गते भारतमा रहने जानकारी छ।  भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। भेटमा पछिल्लो समय नेपालले व्यहोरेको बाढीजन्य क्षति, पुनर्निर्माण तथा पुनर्स्थापना, आर्थिक सहयोगलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपालमा पछिल्लो बाढीबाट पूर्वाधार, जलविद्युत् तथा ऊर्जा, उत्पादन र सामाजिक क्षेत्रसहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा सरकारले अन्तर्राष्ट्रिय साझेदारबाट वित्तीय तथा प्राविधिक सहयोग जुटाउने पहल अघि बढाइरहेको छ।

अर्थमन्त्रीको भारत भ्रमणलाई यही सन्दर्भमा नेपालका लागि आवश्यक पुनर्निर्माण स्रोत परिचालन तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने दृष्टिले महत्वपूर्ण मानिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!