राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने आफ्ना २७ जना सांसदको नाम सार्वजनिक गरेको छ। संसदीय दलका अनुसार सम्पत्ति विवरण बुझाउन पटक–पटक सूचना, फलोअप तथा संसद् सचिवालयबाट एसएमएसमार्फत समेत ताकेता गरिएको थियो। तर, ताकेताका बाबजुद २७ सांसदले विवरण नबुझाएको जनाइएको छ।
रास्वपा संघीय संसदीय दलले जारी गरेको सूचनामा भनिएको छ, ‘अधिक सूचना, फलोअप र संसद् सचिवालयको एसएमएसमार्फत गरिएको निरन्तर ताकेताका बीचमा पनि तपशीलमा उल्लेखित सांसदज्यूहरूले सम्पत्ति विवरण नभरेको सूचना जारी गर्दा अत्यन्त दुःखित छु।’ दलले उक्त घटनालाई नजिकबाट नियालिरहेको पनि जनाएको छ।
यसअघि पनि रास्वपाका सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको विषय चर्चामा आएको थियो। सार्वजनिक पद धारण गर्ने व्यक्तिले कानुनअनुसार तोकिएको अवधिभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस