नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस