२०८३, आश्विन १० गते

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , आश्विन ७, २०८३

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहँदै आएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ४ सय ४७ रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा बुधबार सुन ८ सय रुपैयाँले सस्तो रहेको छ भने चाँदीको मूल्य ३ सय ६८ रुपैयाँले महँगिएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!