होमपेज > ईपीएसलाई मन्त्रालयले सोध्यो स्पष्टीकरणः कोरिया जाने भाडा किन महँगो?

ईपीएसलाई मन्त्रालयले सोध्यो स्पष्टीकरणः कोरिया जाने भाडा किन महँगो?

बिज्ञापन

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ । मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?