कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपियाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपियाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये प्रतिशेयर १०० रुपियाँ दरका ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयरका दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं ८ तथा कालिन्चोक गाउँपालिका वडा नं १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८२ लाख ५० हजार रुपियाँबराबरको ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

