होमपेज > गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग एमालेलाई मञ्जुर छैन : ओली

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग एमालेलाई मञ्जुर छैन : ओली

बिज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा सरकारी दमनमाथि छानबिन गर्न बनेको आयोगको प्रतिवेदन स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन अस्वीकार गर्ने बताएका हुन् ।

उनले भने, ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने, यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन ।’ २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । उनले वर्तमान सरकार नेपालीको समेत नभएको टिप्पणी गरे।

‘मैले अस्ति पनि भनेँ, यो सरकार जसरी बन्यो, मैले संक्षिप्तमा मात्रै भनेको छु, यो सरकार हाहुबाट बनेको हो। यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला, यो कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो