होमपेज > प्रचण्डका घरबेटीको घरजग्गा लिलाम (भिडियोसहित)

प्रचण्डका घरबेटीको घरजग्गा लिलाम (भिडियोसहित)

बिज्ञापन

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी रहेका ठेकेदार शारदाप्रसाद अधिकारीको घरजग्गा नबिल बैंकले लिलाम गरेको छ । अधिकारीले लिएको ऋण असुलीका लागि नबिल बैंकले घरजग्गा लिलाम गर्न लागेको हो । अधिकारीको घरजग्गा लिलामीको सूचना बैंकले गत माघमै प्रकाशित गरेको थियो ।

ठेक्का लिएर समयकै काम नगर्ने ठेकदारका रुपमा परिचित अधिकारी पटक पटक कालोसूचीमा समेत पर्दै आएका छन् । अहिले प्रचण्ड बस्दै आएको अधिकारीको खुमलटारस्थित घर पनि बैंकमा धितो राखिएकाले समयमै ऋण नतिरे त्यो पनि लिलामीमा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अधिकारीको नाममा रहेको ललितपुर जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ४१ आना, मानभवनमा रहेको पाँचतले घरसहित एक रोपनी जग्गा, स्युचाटारमा साढे दुईतले घरसहित ३.१ आना जग्गा, नैकाप खड्का गाउँमा रहेको ६ आना र खुमलटारमा रहेको ६.५ आना जग्गा बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

नबिल बैंकले अधिकारीबाट करिब ७० करोड ऋण उठाउन बाँकी छ । त्यो मध्ये १ करोड १० लाख खराब कर्जामार्फत ऋण चुक्ता गरिसकेको बैंकले जनाएको छ । यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रसन सहित २० वटा कम्पनी कालोसूचीमा राखेको थियो ।

-हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने