होमपेज > नेपाल मोबिलिटी एक्स्पोमा लिपमोटर बी१० सार्वजनिक हुने

नेपाल मोबिलिटी एक्स्पोमा लिपमोटर बी१० सार्वजनिक हुने

बिज्ञापन

नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आगामी नेपाल मोबिलिटी एक्सपोमा बहुप्रतिक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ।

नाइमाको आयोजनामा नेपाल मोबिलिटी एक्स्पो आगामी साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा हुनेछ । यसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीले विश्वास गरेको छ । चीनको सांघाई अटो शो २०२५ मा हालै डेब्यु गरेको बी१०, अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ। तीमध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको कम्पनीले जानकारी दिएको छ।

लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ। सो गाडीको विशेषताहरु नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।

यो भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी१० र लिपमोटर टी०३ उपलब्ध भएको र अहिले बी१० को अनावरणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ बढेर गएको बताइएको छ ।

सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो जुन २०१७ देखि प्युजोको समेत आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने