होमपेज > माछापुच्छ्रे बैंकको २३ औँ वार्षिकोेत्सव कार्यक्रम सम्पन्न

माछापुच्छ्रे बैंकको २३ औँ वार्षिकोेत्सव कार्यक्रम सम्पन्न

बिज्ञापन

माछापुच्छ्रे बैंक लिमिटेड २३औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रीयस्तरको बैंककोरुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले जनाएको छ ।

२३ वर्षको दौरानमा बैंक प्रति अनवरतरूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकहरुप्रति बैंक सदैव अनुगृहीत रहेको बैंकको भनाई छ ।

२३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्ष सम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नै सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आईरहेको माछापुच्छ«े «े बैंक लि.ले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै माछापुच्छ्रे्र बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु एमबिएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।

उक्त अफर अन्तर्गत दुई जना भाग्यशाली फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट, एक जना भाग्यशालीले पाँच सय रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोन पे बिल्स माफर्त बिल भुक्तानी गर्दा निःशुल््क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरु आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लागु रहने छन् ।

साथै बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक पाँच सय २३ रुपैंयाँ र सात सय २३ रुपैयाँ, नेपाल पे क्यु आर मार्फत भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको क्यासब्याक दुई सय २३ रुपैयाँ, सिटी टेकको तीन जना फिनपोस मर्चेन्टले प्रति दिन पाँच सय २३ रुपैयाँको रिचार्ज कार्ड, सिजी डिजिटल तथा सेल्ट्रोन नेपाल प्रालिले एक जना भाग्यशाली मर्चेन्टलाइ सिजी टिभि र सेल्ट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् र मोको मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको दुई सय ३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाईरहेका छन् । उक्त अफरहरु आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ्ग सेवा, दुई सय दुई वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

२३ वर्षअघि क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ ।

बैंकले २३ औँ वार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २३ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?