होमपेज > नाडामा प्रि-बुक गरिएका सिट्रोनका गाडी दसैँअघि नै ग्राहकले पाउने

नाडामा प्रि-बुक गरिएका सिट्रोनका गाडी दसैँअघि नै ग्राहकले पाउने

बिज्ञापन

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ। सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ। भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए।

सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो। आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दसैँ अगावै गाडीको डेलिभरी प्रक्रिया सुरु गरेको स्पष्ट पारेको छ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छा भन्छन्, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ। जति पनि गाडीहरु नाडा अटो शोमा बुक भएका थिए तिनीहरु सबै दसैँ अगाडि नै वहाँहरुको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौँ। आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दसैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ।’

सिट्रोनले आफ्ना ग्राहकहरूको नवीनतम आवश्यकताहरू पुरा गर्न ईनोभेटिभ र स्टाइलिश गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध जनाएको छ। सांग्रिला मोटर्स प्रा।लि।ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने