होमपेज > राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार भएको देखिएपछि बिहीबार (असोज २४) विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो। आयोगले प्रतिष्ठानले ९ करोड १९ लाख ५३ हजार ७४२ रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख गर्दै सोही बराबरको बिगो दाबी पनि गरेको छ।

अख्तियारको अनुसन्धानअनुसार, एमआरआई खरिदका लागि ११ करोड ४५ लाख रुपैयाँमा कबोल गरिएको भए पनि १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ देखाइएको छ, जसले ६२ लाख ६० हजार रुपैयाँको आर्थिक भार प्रतिष्ठानमा परेको आयोगको आरोपपत्रमा उल्लेख छ।

मुद्दा दायर गरिएकामध्ये पूर्व उपकुलपति भण्डारी र तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेका साथै तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डीसी र श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, त्रिवि शिक्षण अस्पतालका इन्जिनियर अमित कुमार चौधरी, र लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो