होमपेज > स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता

बिज्ञापन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा जर्मनी सरकारको आर्थिक सहकार्य तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया विभाग तथा विकास प्रमुख बार्बरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज सहभागी थिए ।

भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यु, जीआईजेड र पीटीबी नेपालका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । छलफलका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा भएको थियो ।

मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गर्दै सरकारका प्राथमिकताका क्षेत्रमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । त्यस अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान आवश्यकता र सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा पनि सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  2. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  3. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  4. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  5. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  6. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  7. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  8. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  10. १० गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  11. ११ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  12. १२ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  13. १३ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  14. १४ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  15. १५ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु