होमपेज > एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि हो: एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवार राई

एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि हो: एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवार राई

बिज्ञापन

बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने निर्णय गरेकी छन् । यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको उनले जनाएकी छन् ।

’एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ’विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाएर महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिने आशा उनको छ ।

विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने तयारी छ । आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन् । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण पनि उनको छ ।

युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ’एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने, भूतपूर्व गोर्खा तथा गैर आवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई सशक्त रुपमा अगाडि लैजाने लगायतमा एजेन्डा उनले सारेकी छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसकेकी छन् ।

महिला उपाध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राई प्रेस बिज्ञप्ती जस्ताको तस्तै:
आदरणीय समस्त गैर आवासीय नेपालीहरुमा हार्दिक नमन
विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर निर्वाचन १७–२० सम्म काठमाडौंमा हुने तयारी भइरहेकोबारे यहांहरु अवगत नै हुनुहुन्छ। यसपटक केन्द्रिय नेतृत्वका लागि म आकांक्षी भएको कुरा मैले विभिन्न माध्यमबाट सूचित गराइसकेको छु ।
यसै सिलसिलामा यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने मेरो पूर्व घोषणामा परिवर्तन गरि अब म एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिन चाहन्छु ।
एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुं । अग्रजहरु र टिमको सुझाव सल्लाह मैले अनुशरण नगर्ने कुरै भएन ।
मलाई आशा छ, सम्पूर्ण डेलिगेट्सज्यूहरुले मेरो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिनु हुनेछ ।

मैले आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको छु । संघमा प्रजातान्त्रिक परिपाटीको अवलम्बन गर्दै महिलाहरुको सम्मानका साथ समान हक अधिकार र सम्मानित ब्यवहार अपरिहार्य हुने मेरो बुझाइ छ । हरेक क्षेत्रमा महिला उपस्थिति गराउने मेरो प्रण छ । साथै,
संसारभर रहेका माहिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण पनि यहाँहरु समक्ष गर्न चाहन्छु ।
विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न वाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु हाम्रो दायित्व छ । साथै उहांहरुलाई सक्षम बनाउन पनि हामी प्रवासमा रहेको नेपालीहरुको प्रमुख अभिभारा हो भन्ने मैले सम्झेको छु । यी कामका लागि मलाई नेतृत्वमा आउन यहांहरुको साथ समर्थन चाहिन्छ जुन यहांहरुबाट अपेक्षा राखेको छु ।

तर, महिलाहरुको हक अधिकार, सम्मानजनक सहभागिताका लागि पुरुषहरुको विरोध होइन, सहकार्य र समझदारीको भूमिका महत्वपूर्ण हुने भएकाले एनआरएनएलाई गौरवान्वित संस्था बनाउन मैले भूमिका निर्वाह गर्ने वाचा गर्दछु । व्यक्ति होइन विधि प्रधान हो भन्ने मेरो प्राथमिकता छ । सहयोगको अपेक्षासहित ।
धन्यवाद
रोजिना प्रधान राई
उम्मेदवार
एनआरएनए उपाध्यक्ष (महिला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता