होमपेज > ९ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

९ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

बिज्ञापन

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले रू छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । अर्थात् यो अवधिमा नेपालले भारतबाट रू सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले रू एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट रू एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ । यो अवधिमा नेपालले युएईबाट रू २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा रू ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट रू १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने रू १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै रू एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ । रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा रू ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल रू ३० अर्ब र अप्रशोधित पाम तेल रू २२ अर्ब बराबरको आयात भएको देखिन्छ ।

चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ । यो अवधिमा रू नौ अर्ब दुई करोड बराबरको पामतेल र रू आठ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ । बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ । यो अवधिसम्ममा नेपालले रू छ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  2. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  3. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  4. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  5. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  6. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  7. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  8. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  9. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  10. १० सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  11. ११ प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  12. १२ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  13. १३ सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  14. १४ निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  15. १५ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा