होमपेज > अर्थमन्त्री पौडेलले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी (भिडियोसहित)

अर्थमन्त्री पौडेलले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी (भिडियोसहित)

बिज्ञापन

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वतः कामुको जिम्मेवारी दिएको हो ।

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ । मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिएपछि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन् । उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?