शेयर बजारको अन्तिम कारोबार दिन नेपाल स्टक एकसेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ।

