होमपेज > बढ्यो घरजग्गाको कारोबार, राजस्व पनि वृद्धि

बढ्यो घरजग्गाको कारोबार, राजस्व पनि वृद्धि

बिज्ञापन

नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा घरजग्गा कारोबार बढेको छ। यो महिना देशभरको भूमि प्रशासन कार्यालयहरु बाट ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।

यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा ६।०४ प्रतिशतले बढी हो। चैतमा ५५ हजार ५ सय ३१ संख्यामा घरजग्गा कारोबार भएको थियो। गत वर्ष बैशाख तुलनामा पनि यो वर्ष घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिन्छ। गत बैशाखमा देशभर ५२ हजार ४१५ वटा घरजग्गा कारोबार भएको थियो। कारोबारसँगै राजस्वमा पनि बढेको छ।

चैतमा सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलने गरेका थिए भने। बैशाखमा भने ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने गरेका छन् ।सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।

त्यसमध्ये सबैभन्दा बढी सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।सेवा कर बाट मात्र सरकारले बैशाख महिनामा ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ संकलन गरेका छने , रजिस्ट्रेसन बाट ३३ करोड १९ लाख र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने