होमपेज > आर्थिक क्षति पुर्‍याएको भन्दै खर्बपति व्यापारी एलन मस्कको कम्पनी विरुद्ध मुद्दा

आर्थिक क्षति पुर्‍याएको भन्दै खर्बपति व्यापारी एलन मस्कको कम्पनी विरुद्ध मुद्दा

बिज्ञापन

अमेरिकी खर्बपति व्यापारी तथा तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको अर्को कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ ।

उनी सामाजिक सञ्जाल एक्स कर्पोरेसनका पनि मालिक हुन् । यसअघि एक्स कर्पोरेसनको नाम ट्विटर थियो । तर हालैका दिनमा मिल्दोजुल्दो नाम राखेर आर्थिक क्षति पुर्‍याएको भन्दै उनको कम्पनी एक्स कर्पोरेसन विरुद्ध मुद्दा दायर गरिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडाको एड एजेन्सी कम्पनी एक्स सोसल मिडिया एलएलसीले सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो ।

मस्कले ट्वीटरको नाम परिवर्तन गरी एक्स राख्दा त्यसले अनुचित प्रतिस्पर्धा तथा ट्रेडमार्कको उलङ्घन गर्नुका साथै भ्रामक र अनुचित व्यापार अभ्यास गरेको सो कम्पनीको आरोप छ । एक्स सोसल मिडिया सन् २०१६ देखि सञ्चालनमा छ ।

एलन मस्कले मिल्दोजुल्दो नाम राख्दा आफ्नो आम्दानी घटेको समेत उसको दाबी छ । तर हालसम्म पनि सामाजिक सञ्जाल एक्स कर्पोरेसनले आफूविरुद्ध परेको मुद्दा बारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

अमेरिकी बजारमा ट्रेडमार्क एक्स रहेका धेरै कम्पनीहरु रहेता पनि एक्स सोसल मिडिया मुद्दा दायर गर्ने पहिलो कम्पनी बनेको छ। यो सन्दर्भमा एक्स सोसल मिडियाको मुद्दा कति बलियो हुन्छ बारे कुनै स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने