होमपेज > आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त

बिज्ञापन

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ ।

प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान २९ अर्ब ६५ करोड २५ लाख मात्र प्राप्त भएको छ । यस्तै वैदेशिक ऋणतर्फ १ खर्ब २६ अर्ब ९४ करोड ७६ लाख प्राप्त भएको उल्लेख छ । यसअनुसार कुल वैदेशिक सहायता १ खर्ब ५६ अर्ब ६० करोड १ लाख मात्र प्राप्त भएको देखिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार बजेट वक्तव्यमा गरिएको अनुमानको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त भएको छ । त्यस्तै वैदेशिक ऋण प्राप्ति ५८.३२ प्रतिशतमा सीमित रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त एकीकृत वित्तीय विवरणअनुसार आर्थिक बर्ष २०८१/८२ मा कुल २ खर्ब ७० अर्ब बराबर वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको थियो । जसमा वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख र वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड ३५ लाख रहने अनुमान थियो । महालेखा परीक्षकको कार्यालयले वैदेशिक सहायता अपेक्षित स्तरमा नआउनु विकास आयोजना तथा सरकारी खर्च व्यवस्थापनमा असर पार्ने देखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने