होमपेज > न्युजिल्याण्डसँग ८ रनले हार्‍याे श्रीलंका

न्युजिल्याण्डसँग ८ रनले हार्‍याे श्रीलंका

बिज्ञापन

श्रीलंकाको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा न्युजिल्याण्डले पहिलो टी–२० खेलमा ८ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन मात्र जोड्न सक्यो ।

ओपनरद्वय पाथुम निसांका र कुशल मेन्डिसले शतकीय साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए पनि अन्य ब्याटर नचल्दा टोलीले हारको सामना गर्न बाध्य बन्यो । १३।३ ओभरमा मेन्डिस ३६ बलमा ४६ रन बनाएर आउट हुँदा टोलीले १ सय २१ बनाइसकेको थियो । तर, त्यसपछि टोलीले एक पछि अर्को विकेट गुमाउँदै गयो । निसांकाले ६० बलमा ९० रन जोड्दै टोलीको आशा कायम राखे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । निसांकले आफ्नो पारीमा ७ चौका र ३ छक्का प्रहार गरे ।

श्रीलंकाको इनिङ्स ध्वस्त पार्न ज्याकब डफीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरी र जाकरी फोल्क्सले २–२ विकेट हात पारे । यसअघि, पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियो । ६५ रन जोड्दा पाँच विकेट गुमाइसकेको टोलीका लागि डेरल मिचेल माइकल ब्रेसवेलले अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए । मिचेलले ४२ बलमा ६२ रन जोडे । उनले ४ चौका र २ छक्का हिर्काए । त्यस्तै, ५९ रनको योगदान दिएका ब्रेसवेलले ३३ बलमा पारीमा ४ चौका र ४ छक्का प्रहार गरे ।

श्रीलंकाका लागि बिनुरा फर्नान्डो, महिष थिकशाना र वानिन्दु हशरंगाले २–२ विकेट लिए । मथिषा पथिरानाले एक विकेट हात पारे । जितसँगै ३ खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । दोस्रो खेल सोमबार खेलिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  2. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  3. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  4. किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  5. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  6. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  7. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  8. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  9. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  10. १० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  11. ११ साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  12. १२ राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  13. १३ राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  14. १४ सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  15. १५ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)