होमपेज > आजबाट विकास हाइड्रोपावरले आइपीओ जारी गर्ने, क-कसले दिन पाउछन् आवेदन?

आजबाट विकास हाइड्रोपावरले आइपीओ जारी गर्ने, क-कसले दिन पाउछन् आवेदन?

बिज्ञापन

विकास हाइड्रोपावर कम्पनीले आज जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डबाट विकास हाइड्रोपावरले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर बिक्री खुला गर्नेछ।

आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये अति प्रभावित क्षेत्र गोरखाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ बासिन्दालाई ४० प्रतिशत र प्रभावित क्षेत्रका धार्चे वडा नं. १, २, ३, ६ र ६ का बासिन्दालाई ६० प्रतिशत छुट्याइएको छ। स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत र धार्चेस्थित हिमालयन बैंकको शाखा तथा आरुघाटस्थित प्रभु बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।विकास हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीयले यो आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिभित्र स्थानीय छुट्याइएको सम्पूर्ण शेयर बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ४ गतेसम्म थपिन सक्छ। त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीले भने जेठ २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?