होमपेज > एकैदिन बैंकिङ प्रणालीबाट ११ अर्ब निक्षेप बाहिरियो

एकैदिन बैंकिङ प्रणालीबाट ११ अर्ब निक्षेप बाहिरियो

बिज्ञापन

देशको बैंकिङ प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कार्तिक ११ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११ अर्बले घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको हो।

अघिल्लो दिन अर्थात् कार्तिक १० गते सम्म बैंक तथा वित्तीय संस्थामा कुल ७४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरूबाट मात्र १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। अन्य वित्तीय क्षेत्रहरूमा भने हाल ७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

अघिल्लो दिनसम्म ६७ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप घटेर ६७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५० खर्ब १२ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको कर्जा लगानी ६ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको अनुसार, समीक्षा अवधिमा अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत कायम भएको छ भने सिडी अनुपात (CD Ratio) ७४.५३ प्रतिशत मा झरेको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला दिनमा सरकारी भुक्तानी, बजार तरलता र ऋण भुक्तानीका कारण निक्षेप घट्ने प्रवृत्ति देखिएको छ। उनीहरूले यो अवस्थालाई अल्पकालीन तरलता उतारचढावको सामान्य चक्र भएको बताउँदै चाँडै स्थायित्व आउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो