होमपेज > लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै

लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै

बिज्ञापन

नेपालले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार वैदेशिक सहायता प्राप्त गर्न नसकेको देखिएको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष लक्ष्य गरिएको वैदेशिक सहायताको केवल ४५.६६ प्रतिशत मात्र प्राप्त भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २ खर्ब ८७ अर्ब ११ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखिएको थियो। यसमध्ये २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण र ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य थियो।

तर, आर्थिक वर्षभर नेपालले १ खर्ब ३१ अर्ब ८ करोड २० लाख रुपैयाँ मात्रै वैदेशिक सहायता प्राप्त गर्न सफल भएको छ। प्राप्त सहायतामध्ये १ खर्ब ९ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ ऋण र २१ अर्ब ६१ करोड २७ लाख रुपैयाँ अनुदान रहेको मन्त्रालयले जनाएको छ।

तथ्यांकअनुसार नेपालले लक्षित वैदेशिक ऋणको ४६.८५ प्रतिशत र लक्षित अनुदानको ४०.४४ प्रतिशत मात्र प्राप्त गरेको छ।

यस्तै, दातृ राष्ट्र तथा विकास साझेदारहरूले गरेको प्रतिबद्धताअनुसारको सहायता पनि पूर्ण रूपमा प्राप्त हुन सकेन। गत आर्थिक वर्ष नेपालले १ खर्ब ६१ अर्ब ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।

तर, प्रतिबद्धतामध्ये १ खर्ब ३१ अर्ब ८ करोड २० लाख रुपैयाँ मात्रै प्राप्त हुँदा ३० अर्ब ३८ करोड ४३ लाख रुपैयाँ बराबरको सहायता प्राप्त हुन सकेन।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये १ खर्ब २४ अर्ब ३३ करोड ३४ लाख ७० हजार रुपैयाँ ऋण र ३७ अर्ब १२ करोड ९८ लाख ५० हजार रुपैयाँ अनुदान रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  2. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  3. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  4. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  5. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  6. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  7. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  8. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  9. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  10. १० मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  11. ११ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  12. १२ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  13. १३ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  14. १४ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  15. १५ तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल