२०८३, आश्विन १० गते

धन्तेरसका अवसरमा राष्ट्र बैंकबाट चाँदीका सिक्का बिक्री शुरु, सुनको असर्फी यस वर्ष नबेचिने

मंगलवार , आश्विन २८, २०८२

नेपाल राष्ट्र बैंकले धन्तेरस पर्वलाई लक्षित गर्दै यस वर्ष चाँदीका सिक्काको बिक्री सुरू गरेको छ। बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदीका सिक्का बिक्री भइरहेको महाशाखाले जनाएको छ। हरेक सिक्काको तौल १० ग्राम रहेको छ भने यसको मूल्य ३२ सय रुपैयाँ तोकिएको छ। तर, यस वर्ष सुनको असर्फी बिक्री नगरिने भएको छ। महाशाखाका अनुसार केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयमा कुनै निर्णय नगरेका कारण यस वर्ष चाँदीका सिक्का मात्र बिक्री वितरण गरिएको हो। धन्तेरसको अवसरमा हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्ने परम्परा रहे पनि यो वर्ष बैंकले चाँदीमा सीमित गरेको छ। चाँदीको सिक्का बिक्री सुरू भएसँगै सर्वसाधारण लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न टक्सार महाशाखामा भीड बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!