२०८३, आश्विन १० गते

दुई महिनामै निर्यातमा ८८.६ प्रतिशत वृद्धि, व्यापार घाटा ८.६ प्रतिशतले बढ्यो

मंगलवार , आश्विन २८, २०८२

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.१ प्रतिशतले गिरावट आएको थियो। यस वर्षको सुरुवाती दुई महिनामा भने निर्यातमा उल्लेखनीय सुधार देखिएको हो। राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यात १३९.९ प्रतिशत, र अन्य मुलुकतर्फको निर्यात ०.४ प्रतिशतले वृद्धि भएको छ। तर, चीनतर्फको निर्यात ५८.५ प्रतिशतले घटेको छ। भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची र चाउचाउ निर्यातमा वृद्धि भएको छ। त्यस्तै, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनाका वस्तुको निर्यातमा गिरावट आएको छ। समीक्षा अवधिमा कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर ३०५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १.१ प्रतिशतले मात्र वृद्धि भएको थियो। देशवार हेर्दा भारतबाटको आयात ८ प्रतिशत, चीनबाट २५.१ प्रतिशत, र अन्य मुलुकबाट ३३.४ प्रतिशतले बढेको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सवारी साधन, स्पेयर पार्ट्स, हवाइजहाजका पार्ट्स र दूरसञ्चार उपकरणको आयात बढेको छ भने हट रोल्ड सिट, खाने तेल, तयारी पोसाक, तेलहन र लसुनको आयात घटेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!